• आइतबार, साउन २४ २०८३

एकैदिन प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?


आइतबार, असोज ९ २०७९
720
Shares

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन सोही रुपैयाँले बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार