• सोमबार, साउन ११ २०८३

डेंगुकै कारण २९ जनाको मृत्यु, देशभर २२ हजार ९८८ जना संक्रमित


आइतबार, असोज ९ २०७९
1.8K
Shares

नेपालमा डेंगुको संक्रमण ७६ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीब्र गतिमा फैलिएको डेंगुको संक्रमण देशको ७६ जिल्लामा देखिएको हो।

मन्त्रालयका अनुसार गत साउनदेखि नेपालमा २२ हजार ९८८ जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा २९ जनाको ज्यान गइसकेको छ।

हाल प्रदेश नं १ मा ५९१, मधेश प्रदेशमा ३२३, बागमती प्रदेशमा १७,७३१, गण्डकी प्रदेशमा ५१५, लुम्बिनी प्रदेशमा २८२१, कर्णाली प्रदेशमा २३० र सुदुर पश्चिम प्रदेशमा ७७७ जनामा डेंगु पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका १३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान संचालनका लागि बजेट बिनियोजन गरिसकिएको उल्लेख गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार