
गोरखा । विकास आयोजना कार्यानव्यनमा ढिलासुस्ती र लापरबाही गर्ने निर्माण ब्यबसाहीलाई जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ ।
सबै सरकारी कार्यालयलाई विहिबार पत्र पठाउँदै निर्माणको काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको हो ।
कार्यालयको निर्देशन अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई नियम अनुसार आवश्यक कारबाहीका लागि प्रशासन कार्यालयमा जानकारी गराउन समेत भनिएको छ ।
विकास आयोजनामा तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन र समन्वय गरिदिन समेत अनुरोध गरिएको प्रशासकीय अधिकृत चुणानिधि तिवारीले बताए ।


