गोरखा । हरमटारी क्लब गोरखाले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलाको पाचौं दिनमा मेला अवलोकन गर्न आउने दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।
मेलाको पाचौं दिन करिव ५ हजार दर्शकहरुले मेलाको अवलोकन गरेको मेला संयोजक आशीस श्रेष्ठले जानकारी दिए । मेलामा कमेडीयन सुमन कार्की गायक निसान भटराइ, चिज गुरुङ, दिप सागर थापा गायिका मिना लामा, बेली माया पुलामीको प्रस्तुति रहेको थियो ।

त्यस्तै मेलामा आउने दर्शकहरुले घरेलु उधोगका सामग्रीहरु अवलोकन र तिनका परिकारहरुको स्वाद लिनमा व्यस्त देखिन्थे भने बाल उद्यान र फेन्सि स्टलहरुमा पनि दर्शकहरुको भिडभाड बाक्लो रहेको थियो ।
मेलाको पाचौं दिन बिभिन्न स्थानीए नृत्य तथा साँगीतिक कार्यक्रम भएको क्लबका महासचिव किरण ढकालले जानकारी दिए । मेलामा निसुल्क कृषी परामर्ष, औद्योगिक प्रदर्शनी, खाना महोत्वस, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम, घरेलु उधोगका सामग्रीहरु, विभिन्न जातीय भेषभुषा प्रदर्शनका कार्यक्रमहरु हुने क्लबले जनाएको छ ।
मेलामा चुमनुब्री गाउपालीकाको प्रोकमा उत्पादन भएको चुमनुब्री स्याउ र मुस्ताङको स्याउ पनि रहेको छ । चुमनुब्रीका लाक्पा डुण्डुप लामाले गोल्डेन र रेड डेरी सेस गरी २ प्रजातिका स्याउ प्रदर्शनी साथै बिक्रीमा राखेका छन् ।
मेलामा हातले बुनेका घरेलु उधोगका सामग्री, कृषी सम्बन्धी परार्मष, स्थानीय खाध्य सामाग्री हरु पनि अबलोकन तथा किनमेल गर्न पाइन्छ । मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबको अध्यक्ष जिबन गुरुङले बताए ।
