काठमाडौं । अटोमोवाईल एसोसियसन अफ नेपाल र युएसएआईडि ल्किन एयर (स्वच्छ हावा )को संयुक्त आयोजनामा हरित यातायात सम्बन्धि वहसको थालनी भएको छ ।
अटोमोवाईल सम्बन्धि प्रदर्शनको सन्दर्भमा भएको यस वहसको प्रथम दिन विधुतिय यातायातको साधनको प्रविधि र प्रणाली बारे छलफल भएको हो ।
कार्यक्रममा नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विधुतिय यातायातको साधन प्रर्वधनका लागि आवश्यक विधुत महसुल सस्तो दरमा उपलब्ध भएको बताएका छन् ।
नीतिगत स्तरमा केही सुधार आवश्यक भएको र विधुतिय ट्याक्सी एवं अन्य सार्वजनिक यातायात प्रर्वधनका लागी सबैले कार्य गर्नु पर्ने उनले बताए ।
इन्धन खपतमा विधुतीय साधनको प्रयोगले राष्ट्र«लाई फाईदा पुग्ने उनले उनको भनाई छ । सोही अवसरमा साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितले नाडाले बिधुतिय यातायातको प्रवद्धन गर्नु महत्वपुण भएको बताए ।
नेपालको लागि सार्वजनिक यातायातमा बस लगायतको समेत बिधुतिय प्रणलिमा लैजानु पर्ने उनको राय छ ।
यसै गरि सरकारले उठाएको इन्धन कर समेत प्रभावकारी उपयोग हुनुपर्ने अध्यक्ष दिक्षितको भनाई छ । काठमाडौं उपत्यका संसारको थुप्रै शहर मध्य अत्याधिक प्रदुषित शहर भएकोले विधुतिय साधन प्रवर्धनकाट नै प्रदुषण न्युन हुने कुरा उनले बताए ।
सो अवसरमा काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले काठमाडौंमा विधुतिय यातायातका साधन प्रवधर्नमा महानगरपालिका प्रयासरत रहेको बताइन् ।
सोही अवसरमा युसएआईडी स्वस्थ्य कार्यक्रम प्रमुख डा. किम्वरली वालरले अमेरीकन सरकार नेपालको यातायात प्रणाली, स्वस्थ्य, वातावरण लगायतका सवालमा कार्यरत रहेको बताएका छन् ।
कार्यक्रम नाडाका कार्यक्रम संयोजक अनुपराज वरालले सबैलाई धन्यवाद दिदै नाडासंगको सहकार्यलाई निरन्तरता दिन आग्रह समेत गरेका छन् ।