• सोमबार, साउन २५ २०८३

कलाकार मल्होत्रा मृत फेला


शुक्रबार, असोज ७ २०७९
835
Shares

कलाकार राजु मल्होत्रा मृत फेला परेका छन्। 

बुटवलको देवीनगरस्थित आफ्नै निवासमा शुक्रबार राति २ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

३५ वर्षीय मल्होत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए। उनले बुटवलमै रहेर दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय समेत गरेका छन्।

मल्होत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको छ।

घटनाबारे अनुसन्धान अघि बढाईएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार