• सोमबार, साउन २५ २०८३

कति पुग्यो युरो र रिंगिटको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


शुक्रबार, असोज ७ २०७९
725
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। 

शुक्रबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ५७ पैसा र बिक्रीमा १२८ रुपैयाँ १६ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९६ रुपैयाँ २९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ २६ पैसा र बिक्रीमा २८ रुपैयाँ ४० पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४१७ रुपैयाँ ३ पैसा र बिक्रीमा ४१८ रुपैयाँ ९७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३४३ रुपैयाँ ९८ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार