• सोमबार, साउन २५ २०८३

गोरखकाली मेलाको चौथो दिन आज चिजा तामाङ, रमेस मेलोडी, अर्जुन सापकोटा आउदै


शुक्रबार, असोज ७ २०७९
1.1K
Shares

गोरखा । तेस्रो गोरखकाली मेलाको आज चौथो दिन बिभिन्न पप र लोकदोहोरीका कलाकार आउने हरमटारी क्लबले जनाएको छ ।

हरमटारी क्लब गोरखले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलामा आज चौथो दिन पप गायक रमेस मेलोडी, अर्जुन सापकोटा, लोकदोहोरीका चिजा तामाङ, बिकास नेपाली,बुद्धि परियार र अनिल गुरुङ साइकोको प्रस्तुति रहने क्लबका महासचिव किरण ढकालले जानकारी दिए।

मेलाको दोस्रो दिन बिभिन्न स्थानीए नृत्य तथा साँगीतिक कार्यक्रम हुने महासचिव ढकालले बताए ।

मेलामा करिव तीन हजार जनाले अवलोकन गर्न आउने छन । मेलामा निसुल्क कृषी परामर्ष, औद्योगिक प्रदर्शनी, खाना महोत्वस, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम, घरेलु उधोगका सामग्रीहरु, विभिन्न जातीय भेषभुषा प्रदर्शनका कार्यक्रमहरु हुने क्लबले जनाएको छ ।

मेलामा चुमनुब्री गाउपालीकाको प्रोकमा उत्पादन भएको चुमनुब्री स्याउको लोकल स्याउको परिचय दिने गरी प्रदर्शनीमा राखिएको छ । चुमनुब्रीका लाक्पा डुण्डुप लामाले गोल्डेन र रेड डेरी सेस गरी २ प्रजातिका स्याउ प्रदर्शनी साथै बिक्रीमा राखेका छन् ।

मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबको अध्यक्ष जिबन गुरुङले बताए । मेलामा एक सय ४० वटा स्टलमा भाँडाकुँडा, खाद्यान्न, खानाका स्टल, लत्ता कपडा रहेका छन्। मेला असोज १४ गतेसम्म चल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार