गोरखा । तेस्रो गोरखकाली मेलाको तेस्रो दिनमा करिव दुई हजार पाचसयजना अवलोकन गरेका छन् ।
हरमटारी क्लब गोरखाले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलाको तेस्रो दिनमा दिन पपगायक कर्ण राज गीरी, गायिका सम्झना भण्डारी, गायक सबिन गुरुङको प्रस्तुति रहेको थियो ।
मेलाको दोस्रो दिन बिभिन्न स्थानीए नृत्य तथा साँगीतिक कार्यक्रम भएको क्लबका महासचिव किरण ढकालले जानकारी दिए । मेलामा निसुल्क कृषी परामर्ष, औद्योगिक प्रदर्शनी, खाना महोत्वस, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम, घरेलु उधोगका सामग्रीहरु, विभिन्न जातीय भेषभुषा प्रदर्शनका कार्यक्रमहरु हुने क्लबले जनाएको छ ।

मेलामा चुमनुब्री गाउपालीकाको प्रोकमा उत्पादन भएको चुमनुब्री स्याउ र मुस्ताङको स्याउ पनि रहेको छ । चुमनुब्रीका लाक्पा डुण्डुप लामाले गोल्डेन र रेड डेरी सेस गरी २ प्रजातिका स्याउ प्रदर्शनी साथै बिक्रीमा राखेका छन् ।

मेलामा हातले बुनेका घरेलु उधोगका सामग्री, कृषी सम्बन्धी परार्मष, स्थानीय खाध्य सामाग्री हरु पनि अबलोकन तथा किनमेल गर्न पाइन्छ । मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबको अध्यक्ष जिबन गुरुङले बताए । मेलामा एक सय ४० वटा स्टलमा भाँडाकुँडा, खाद्यान्न, खानाका स्टल, लत्ता कपडा रहेका छन्। मेला असोज १४ गतेसम्म चल्नेछ ।
