• सोमबार, साउन २५ २०८३

अवैध हतियार राखेको आरोपमा गोरखाका तीन जना पक्राउ


शुक्रबार, असोज ७ २०७९
1K
Shares

गोरखा । अवैध हातहतियार राखेको आरोपमा गोरखाको तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

घरमा अवैधरूपमा भरुवा बन्दुकसहित हातहतियार लुकाएर राखेको गोप्य सूचनाको आधारमा प्रहरीले सम्बन्धित स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका वडा नं एकका ५३ वर्षिय सिता बहादुर घले, सोहि वडाका ६० वर्षीय माईला घले र वडा नम्बर २ का २६ वर्षीय कृष्ण प्रसाद घले रहेका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको टोलीले बुधबार हातहतियार सहित तीन जनालाई पक्राउ गरिएको हो ।

सोहि क्रममा सिता बहादुर घलेको घरबाट एक नाले सट गन, नाल एकमा प्रयोग हुने जंगी राउण्ड गोली २४ थान, गोलीको खाली खोका ३५ थान, माईला घलेको गोठबाट एक नाले भरुवा बन्दु तथा कृष्ण प्रसाद घलेको घरबाट एउटा भरुवा बन्दुक बरामद गरिएको डिएसपी लामिछानेले बताए ।

उनीहरु विरुद्ध हातहतियार तथा खरखनजा कसूर शिर्षकमा मुद्धा दर्ता गरिएको छ । विहिबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार