गोरखा। शहीदलखन गाउँपालिका वडा नम्बर ७ मा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम दिइएको छ । गाउँपालिकाको आयोजनामा चालुवर्ष संचालन हुने योजना र कार्यक्रमका उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइएको हो ।
योजना कसरी संचालन गर्ने, कहिले सम्झौता गर्ने, भुक्तानी प्रक्रिया, कागजात लगायतका विषयमा पदाधिकारीलाई अभिमुखिकरण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । गाउँपालिकाले चालुवर्ष बिनियोजन गरेका बजेट र संचालन गरेका कार्यक्रमको प्रभावकारी कार्यन्वयका लागि तालिम संचालन गरिएको उनले बताए ।

वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, योजना शाखा प्रमुख इन्जिनियर राजन रानाभाट, योजना शाखाको सानुकाजी बस्नेत, वडाका जनप्रतिनिधिहरु, वडाका कर्मचारी र उपभोक्ता समितिका सदस्यहरुको उपस्थिति थियो ।
