गोरखा। साहित्यिक मञ्च गोरखा क्याम्पसको आयोजनामा अन्तर क्याम्पस नृत्य प्रतियोगितामा भवानी बहुमुखी क्याम्पस पहिलाे भएको छ ।
बिहिवार गोरखा क्याम्पसमा भएको अन्तर क्याम्पस नृत्य प्रतियोगितामा पालुङटारको साे क्याम्पस पहिलाे भएको हो ।
कला र साहित्यको उत्थान, हाम्रो अभियान भन्ने नाराका साथ प्रतियोगितामा गोरखाका ४ क्याम्पसका प्रतियोगि विद्यार्थीहरु सहभागी रहेका थिए । भवानी क्याम्पस पालुङटारको वर्षा गुरुङ र रुशीला गुरुङले प्रथम स्थान हाँसिल गरेकाे मञ्चकी अध्यक्ष सुस्मिता दवाडीले जानकारी दिइन् ।
प्रतियोगितामा द्रव्य शाह बहुमुखि क्याम्पस दाेस्राे भएकाे छ भने उक्त क्याम्पसका रितु गान्धारी र सुजना बसेलले द्धितिया स्थान हाँसिल गरेकी हुन् । प्रतियोगितामा आयोजक गोरखा क्याम्पसले तृतिया स्थान हासिल गरेकाे छ भने क्याम्सका आशिष श्रेष्ठ, मनिसा अधिकारी, रुपेश सुनार र सविना गान्धारीले तृतिया स्थान हाँसिल गरेकी हुन् ।
भीमोदय बहुमुखि क्याम्पसले सान्त्वना स्थान हासिल गरेका छन् । उक्त क्याम्पसका सन्तोषि ढकाल, सूचना ढकाल, सुमन ढकाल र सिसम ढकालले सान्त्वना स्थान हासिल गरेका हुन ।
नृत्य प्रतियोगितामा प्रथम, द्धितिया, तृतिया र सान्त्वना स्थान भएका हरुले क्रमश ५ हजार ३ हजार , २ हजार ,१ हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए ।
साहित्यक मञ्च गोरखा क्याम्पस गोरखाका अध्यक्ष सुस्मिता दवाडीको अध्यक्षतामा तथा क्याम्पस प्रमुख रामशरण वानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रममा क्याम्पसका प्राध्यापक, विभिन्न क्याम्पसका विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे ।