गोरखा । गोरखा सदरमुकाममा बजार अनुगमनको क्रममा म्याद गुज्रिएको सामग्रीहरु जफत गरिएको छ । जिल्लास्तरी बजार अनुगमन टोलिले बजारको हरमटारी देखि हस्पिटल चोक सम्म अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएको सामग्रीहरु जफत गरिएको हो ।
त्यस्तै, किराना पसल, होटल, रेष्टुरेष्ट, मसला पसल लगायतका करिव ११ वटा पसल अनुगमन गरिएको प्रसासन प्रशासकीय अधिकृत छबिलाल श्रेष्ठले बताए । सो क्रममा अधिकांश किराना तथा मसला पसलहरुमा म्याद नाघेको अखाद्य बस्तु भेटिएको र अखाद्य वस्तुहरुको जफत गरिएको उनले बताए ।

अनुगमनका क्रममा मसला तथा कुटानी पिसानीको मेसिन दर्ता नगरी चलाइको पाइएको उनले जानकारी दिए । दर्ता नभइ संचालन भएका कुटानी मेसिन दर्ता गरेपछि मात्र संचालन गर्न भनेर निर्देशन दिएको उनल ेबताए ।
केही व्यवसायीहरुले फर्म दर्ता नगरेको र केहीमा मूल्य सूचि नभएको पाइएकोले दर्ता गरेर मात्र चलाउन निर्देशन दिएको छ । गत मङगलबार नविकरण नभएका फर्मलाइ नविकरण गर्न र मूल्य सूची नभएकाहरुलाइ तीनदिन भित्र मूल्य सूचि टाँस गर्न समितिले निर्देशन दिएको थियो ।
स्वही निर्देशन अनुसार म्याद नागेको समाग्री नबेच्न र नराख्न निर्देशन दिएको छ । मूल्यसुची र बोर्ड नराखेकाहरुरुलाई छिटै आवश्यक कागजात सहित होडिङ बोर्ड राख्न निर्देशन दिइएको छ ।

‘एक पटक सचेत गराइएका ठाउँमा पुन अनुगमनको गर्दा सुधार नभएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको हो ।, अनुगमन गरेको मध्य म्याद नागेको सामन एकदमै कम भेटीएको र पहिलाको भन्दा सुधार आएको उनले बताए ।
म्याद नागेका केही सामानहरु जफत गरिएको छ । अनुगमनका क्रममा अधिकांस पसल,होटलहरु सफा नभएकोले सरसफाईमा घ्यान दिन अनुरोध गरेको छ । कुनै पनि पसल तथा ब्यबसाय संबन्धित वडा र स्थानिय निकायमा सम्र्पक गरेर मात्र ब्यबसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।
फुटपाथमा खाध्यान्न तथा अन्य कुनै पनि सामग्री नराख्न निर्देशन दिएको छ । राखेमा नगरपालिकाले जुनसुकै बेला बरामद गरी नियमअनुसार कारबाही गर्ने बाताबरण अधिकृत धुर्ब प्रसाद धिमिरेले बताए ।
अनुगमन समितिमा गोरखा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय लगायतका पदाधिकारीको सहभागीता रहेको थियो ।
