गोरखा । गोरखा नगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन कोषमा एकिकरण नेपाल नामक गैरसरकारी संस्थालले २५ हजार रुपैया सहयोग गरेको छ ।
कोरोना भाइरसको जोखिम र न्यूनिकरण लगायतका विपत्तिलाई मध्यनजर गर्दै नगरपालिकाले निर्माण गरेको ३० लाखको कोषमा एकिकरणले २५ हजार सहयोग गरेको हो ।
सहयोग रकम बराबरको चेक बुधबार संस्थाका अध्यक्ष कृष्ण कोइरालाले नगरप्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेका हुन ।
विगत लामो समयदेखि जिल्ला भित्र र बाहिर समेत बिभिन्न सामाजिक कार्यक्रममा सकृय रहेको संस्थाले कोरोना जस्तो महामारी र विपत्तिमा समेत स्थानीय तहसंगको सहकार्यलाई अघि बढाउन सहयोग गरिएको संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।
त्यस्तै सहयोग रकम बुझ्दै नगरप्रमुख पन्तले प्राप्त रकम पूर्ण सदुपयोग हुनेमा विश्वस्त रहन आग्रह गरे ।
त्यस्तै उनले यस अवस्थामा स्थानीय सरकारलाई नागरिक समाज संघसंस्थाको सहयोग र साथको खाँचो रहेको बताएका थिए ।
गोरखा नगरपालिकाले यसअघि नै सहयोग र राहत वितरण एकद्धार प्रणाली मार्फत गर्ने निर्णय गरेको थियो ।
हाल नगरपालिकाले कोषसंगै फुड बैंक समेत निर्माण गरी सहयोग सामाग्री संकलन गर्दै मजदुर र विपन्नलाई वितरण गरिरहेरहेको छ ।
हालसम्म नगरपालिकाले झण्डै १२ हजार जनालाई राहत सामाग्री दिइसकेको जनाएको छ ।