• सोमबार, साउन २५ २०८३

काठमाडौंबाट गोरखा आउदैँ गरेको बसले ठक्कर दिदा बालकको मृत्यु (भिडियाेसहित)


बिहिबार, असोज ६ २०७९
1.6K
Shares

गोरखा। काठमाडौंबाट गोरखा आउदैँ गरेको बसले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ।

काठमाडौंबाट गोरखा बारपाक जादै गरेको ग १ ख ४५६५ नम्बरकाे बसले धादिङको गजुरीमा बिहान करिब ९ बजेतिर ठक्कर दिँदा ६ वर्षीय बालककाे मृत्यु भएको हो ।

आज विहान विद्यालय जाँदै गरेका विजय परियारको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौंबाट गोरखा आउदैँ गरेको बसले जेब्राक्रसमा सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो ।

बालकको मृत्यु भएपछि स्थानीय र आफन्तले बसमा आगो लगाइदिएका छन्। उनीहरुले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।

भिडियाेसहित-

https://fb.watch/fHKPnj2N4G/

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार