• सोमबार, साउन २५ २०८३

काठमाडौंको कपनमा आगलागीः तीन जनाको मृत्यु, एक घाइते


बिहिबार, असोज ६ २०७९
790
Shares

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।

हिजो साँझ पौने ७ बजेतिर अक्सिजन सिलिण्डरहरु पड्किएर आगलागी हुँदा ठूलो क्षति भएको हो।

आगलागीमा परी ताप्लेजुङ घर भएका २७ वर्षका कासाङ तेञ्जी शेर्पा, सङ्खुवासभा घर भइ सुकेधारा बस्ने अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारी बस्ने २५ वर्षका छेवाङ शेर्पा रहेको मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाएकाको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

आगलागीमा एक जना घाइते भएका छन्। घाइतेको उद्धार गरी चुनिखेलमा रहेको करुणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो गएराति नै नियन्त्रणमा लिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार