विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार १ सय ८२ पुगेको छ।
गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ७ सय २५ जनाले ज्यान गुमाएका छन्। गएको २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २४ सय भन्दा बढीको मृत्यु भएको छ।
विश्वमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ लाख ३६ हजार ९ सय ३३ पुगेको वल्डओमिटरले जनाएको छ। यो बिहीबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो।
अहिलेसम्म संक्रमितमध्ये सात लाख १७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।
अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट ४७ हजार ६ सय ५९ जनाको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या ८ लाख ८४ हजार ७ सय १७ पुगेको छ।