• सोमबार, साउन २५ २०८३

दोस्रो लिगलिग पालुङटार महोत्सव सुरु


बिहिबार, असोज ६ २०७९
670
Shares

गोरखा । पालुङटारमा असोज ५ गतेदेखी दोस्रो लिगलिग पालुङटार महोत्सव २०७९ सुरु भएको छ । लिगलिग पालुङटार उद्योग बाणिज्य संघको आयोजनामा भएको मेलाको एक कार्यक्रमका बिच अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन् ।

उनले आफ्नो देशका लागि आफैँ उत्पादन गर्ने र अरुका बाह्य देशमा पु¥याउन सक्ने व्यवसायले मात्र देश छिट्टै समृद्ध बन्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य, पालुङटार नगरपालिकाका मेयर विवस चिन्तन, राजनीतिक दलका नेताहरु लगायतले मन्तब्य राखेका थिए ।

महोत्सव सुरु हुनुअघि पालुङटार बजार क्षेत्र झाँकी ¥यालीले परिक्रमा गरिएको थियो । मेलामा औद्योगिक प्रदर्शनी, खाना महोत्वस, स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम, विभिन्न जातीय भेषभुषा प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने क्लबले जनाएको छ । महोत्सवमा बाल उद्यानका सामग्री, कृषि उपज, कपडा, भाँडाकुँडाका स्टलहरु रहेका छन् । असोज ५ देखि सुरु भएको मेला १४ गतेसम्म सञ्चालन हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार