गोरखा । तेस्रो गोरखकाली मेलाको आज तेस्रा दिन बिभिन्न पप र लोकदोहोरीका कलाकार आउने हरमटारी क्लबले जनाएको छ ।
हरमटारी क्लब गोरखले असोज ४ गते देखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलामा आज तेस्रो दिन पपगायक कर्ण राज गीरी, गायिका बबिता बानीया (जेरी), स।झना भण्डारी, गायक सबिन गुरुङको प्रस्तुति रहने क्लबका महासचिव किरण ढकालले जानकारी दिए।

मेलामा करिव ३५ सय जनाले अवलोकन गर्न आउने छन । मेलामा निसुल्क कृषी परामर्ष, औद्योगिक प्रदर्शनी, खाना महोत्वस, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम, घरेलु उधोगका सामग्रीहरु, विभिन्न जातीय भेषभुषा प्रदर्शनका कार्यक्रमहरु हुने क्लबले जनाएको छ ।
मेलामा चुमनुब्री गाउपालीकाको प्रोकमा उत्पादन भएको चुमनुब्री स्याउको लोकल स्याउको परिचय दिने गरी प्रदर्शनीमा राखिएकाे छ । चुमनुब्रीका लाक्पा डुण्डुप लामाले गोल्डेन र रेड डेरी सेस गरी २ प्रजातिका स्याउ प्रदर्शनी साथै बिक्रीमा राखेका छन् ।

मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबको अध्यक्ष जिबन गुरुङले बताए । मेलामा एक सय ४० वटा स्टलमा भाँडाकुँडा, खाद्यान्न, खानाका स्टल, लत्ता कपडा रहेका छन्। मेला असोज १४ गतेसम्म चल्नेछ ।
