गोरखा । हरमटारी क्लब गोरखाले असोज ४ गते हिजोदेखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलाको आज दास्रो दिन मेला अवलोकन गर्न आउने दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।
मेलाको दोस्रो दिन करिव दुई हजार दर्शकहरुले मेलाको अवलोकन गरेको क्लबका महासचिव किरण ढकालले जानकारी दिए । मेलाको दोस्रो दिन हास्य कलाकार जिग्री, पाडे र धतुरे र लोक दोहारी गायक सुबास अस्लामी गाइकामा अस्मिता अधिकारी, निसा थापा र कल्पना आलेको प्रस्तुति रहेको थियो ।

त्यस्तै मेलामा आउने दर्शकहरुले खानाकाे परिकारहरुको स्वाद लिनमा व्यस्त देखिन्थे भने बाल उद्यान र फेन्सि स्टलहरुमा पनि दर्शकहरुको भिडभाड रहेको थियो । मेलामा गोरखा नाम्रुङको लोकल स्याउको प्रदर्शनीमा राखिएको थियो ।
क्लबको अध्यक्ष जिबन गुरुङले दर्शकहरुको उत्साहजनक सहभागिताले आफुहरु उत्साहित भएको बताउदै अन्य दिनमा पनि दर्शकहरुले यसैगरि मेला अवधिभर अवलोकन गरिदिनुहुन आग्रह गरे । त्यस्तै मेलाको तेस्रो दिन बिहिवार पपगायक कर्ण राज गीरी, गायिका बबिता बानीया (जेरी), स.झना भण्डारी,गायक सबिन गुरुङको प्रस्तुति रहने महासचिव ढकाललेले जानकारी दिए ।
मेलाको अबलोकन गर्न आउने दर्शकहरुलाई बिध्यार्थीको ५० र अन्यलाईे १०० रुपैया टिकट लाग्नेछ । मेलामा एक सय ४० वटा स्टलमा भाँडाकुँडा, खाद्यान्न, खानाका स्टल, लत्ता कपडा रहेका छन्। मेला असोज १४ गतेसम्म चल्नेछ ।
