• सोमबार, साउन २५ २०८३

चुमनुब्रीको स्याउ गोरखा बजारमा


बुधबार, असोज ५ २०७९
1.9K
Shares

गोरखा । चुमनुब्री गाउपालीकाको प्रोकमा उत्पादन भएको चुमनुब्री स्याउ गोरखा बजारमा ल्याईएकाे छ । चुमनुब्री का लाक्पा डुण्डुप लामाले गोरखकाली मेलामा स्याउको स्टल राखेका हुन।

गोरखामा पनि स्याउ फल्दरैछ है भन्ने हिसाबले गोरखकाली मेलामा स्याउ ल्याएको उनले बताए । मेलाको लागी ३ हजार किलो स्याउ ल्याइएको छ । स्याउ हेलीकप्टर मार्फत ल्याइएको हो । लामाले बिगत ३ बर्षदेखी स्याउ उत्पादन गदै आएका छन ।

गोल्डेन, गाला, किङ रेड डेरी सेस, रेड डेरी सेस र फुजी गरी ५ प्रजातिका स्याउ उस्पादन गदै आएको लामाले बताए । उनले २०७७ सालबाट स्याउखेती गदै आएका हुन । सुरुमा १५० रोपनी जग्गामा ४ हजार ३ सय ७० बोट लगाएका थिए । लगाएकै बर्फमै उत्पादन भयो ।

This image has an empty alt attribute; its file name is 306858169_3378424949071342_89260877189965652_n-1024x768.jpg

‘दोस्रो बर्ष ०७८ मा ८ हजार किलो उत्पादन भयो, त्यसमा ५ सय किलो बिग्रीयो, बिग्रीएको र बिक्री नह्ने स्याउको सुकुटी बनाए ।’ उनले भने । ‘दोस्रो बर्षमा १८ लाख ७५ हजार आम्दानी भएको उनले बताए । एक किलो सुकुटीको ७ हजार रुपैया पर्छ । स्याउको सुकुटीबाट एप्पल साइडर,वाइन, बनाउने उनले बताए ।

‘स्याउको बेर्ना इटालीबाट ल्याएको हो ।’ ३० प्रतिसत आफुले तिरेको र ७० प्रतिसत कृषी ज्ञान केन्द गण्डकी प्रदेशलेले अनुदान दिएका उनले बताए । ‘एक बोटमा ५ किलो देखी ८ कीलोसम्म फल्छ ।’ यो सिजनमा करीब २२ हजार किलो उत्पादन भयो, उक्त उत्पादनबाट ५५ लाख भन्दा बढिको आम्दानि भएको उनले बताए ।

स्याउबाट एप्पल साइडर, जाम, जुस,जेली, वाइन र १० प्रकारका केक बन्छन । स्याउ २५ सय मिटर माथि फल्छ, चुमनुब्री स्याउ २७ सय मिटर माथि रहेको लामाले बताए । स्याउ को बोट राम्रो सङ्ग हेरचाहा गरे ३५ बर्ष सम्म बस्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार