• सोमबार, साउन २५ २०८३

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन


बुधबार, असोज ५ २०७९
715
Shares

भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ।

४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

गएको साउन २५ गते हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

लामो समयसम्म भेन्टिलेटरमा राखेर उनको उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ।

उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष समेत थिए ।

सन् २००५ मा द ग्रेट इण्डिया लाफ्टर च्यालेन्जमा भाग लिएपछि उनी चर्चामा आएका थिए।  उनले मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा (रिमेक), आम्दानी अठन्नी खर्चा रुपैया जस्ता फिल्ममा अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार