• सोमबार, साउन २५ २०८३

सुनचाँदीको मूल्य घट्यो


बुधबार, असोज ५ २०७९
715
Shares

नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन ५ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार तेजावी सुन प्रतितोलामा ९० हजार ५ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य बुधबार १० रुपैयाँले घटेको छ।

आज चाँदी १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार