• सोमबार, साउन २५ २०८३

गोरखकाली मेलाको दोस्रो दिन आज जिग्री, पाडे र धतुरे आउदै


बुधबार, असोज ५ २०७९
920
Shares

गोरखा । तेस्रो गोरखकाली मेलाको आज दास्रो दिन । हरमटारी क्लब गोरखले असोज ४ गते हिजोदेखि रङ्गसालामा आयोजना गरेको तेस्रो गोरखकाली मेलामा आज दास्रो दिन बिभिन्न हास्य र लोकदोहोरीका कलाकार आउने छन ।

मेलामा करिव ३५ सय जनाले अवलोकन गर्न आउने छन । मेलाको दोस्रो दिन हास्य कलाकार जिग्री, पाडे र धतुरे र लोक दोहारी गायक सुबास अस्लामी गाइकामा अस्मिता अधिकारी, निसा थापा र कल्पना आलेको प्रस्तुति रहन क्लबका महासचिव किरण ढकालले बताए ।

मेलामा औद्योगिक प्रदर्शनी, खाना महोत्वस, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम, हास्यब्यंग्य कलाकारहरुबाट प्रहशन, विभिन्न जातीय भेषभुषा प्रदर्शनका कार्यक्रमहरु हुने क्लबले जनाएको छ ।

मेलामा गोरखा नाम्रुङको लोकल स्याउको परिचय दिन गरीप्रदर्शनीमा राखिने क्लबका महासचिव ढकालले बताए । मेलाले कला संस्कृति संरक्षण, संर्बधन, आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबले जनाएको छ ।

मेलाको अबलोकन गर्न आउने दर्शकहरुलाई बिध्यार्थीको ५० र अन्यलाईे १०० रुपैया टिकट लाग्नेछ । मेलामा एक सय ४० वटा स्टलमा भाँडाकुँडा, खाद्यान्न, खानाका स्टल, लत्ता कपडा रहेका छन्। मेला असोज १४ गतेसम्म चल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार