गोरखा । गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा आजदेखी तेस्रो गोरखकाली मेला सुरु भएको छ । हरमटारी क्लबको आयोजनामा भएको मेलाको एक कार्यक्रमका बिच सांसद हरीराज अधिकारीले उद्घाटन गरेका हुन्।
‘आर्थिक सास्कृतिक र पर्यटन केन्द्रबिन्दु बनाएर महोत्सबको प्रारम्भ गरेको छ ।’ सांसद अधिकारीले भने ‘गाउलाइ सहरीकरण गर्ने र सहरको चेतना गाउ लाने र गाउको चेतना सहर ल्याउने कुरा नै सार्दुक रुपमा बिकास हो ।’ गोरखामा थुप्रै बिकासका सम्भाबना रहेकाे उनले बताए ।

‘बुढिगण्डकी परीयोजना १२ सय मेगावाट हो त्यो भन्दा माथी बुढिगण्डकी कै पानिबाट ३२ सय मेगावाट उत्पादन हुन सक्छ, त्यसलाइ उत्पादन गर्न सके गोरखाको बिकास हुन सक्ने उनले बताए । फरक प्रशंग जोड्दै उनले देसको आबस्यकता बाम लोकतान्त्रीक सक्ती हाे यसलाइ बिजय गराए देसलाइ बिकासको बाटो तिर जाने उनले बताए ।
मेलामा एक सय ४० वटा स्टल रहेका छन्। स्टलमा भाँडाकुँडा, खाद्यान्न, खानाका स्टल, लत्ता कपडा रहेका छन्। मेलाले कला सस्ंकृती संरक्षण र संर्बधन र आर्थिक र ऐतीहासीक प्रर्बधनमा मद्त पुग्ने क्लबको अध्यक्ष जिबन गुरुङले बताए । पहिलो दिन भएकाेले ती पसलहरुमा सर्वसाधारणको कम भिड लागेको थियो।

मेला सुरु हुनु अघि जातिय भेषभुसा झल्कने झाँकी, र्यालीले गोरखा बजार परिक्रमणा पछि हरमटारी खेलमैदानमा मेला सुभारम्भ गरिएको क्लवका सहसचिब किरण ढकालले बताए ।
मेलामा औद्योगिक प्रदर्शनी, खाना महोत्वस, कन्सर्ट कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम, हास्यब्यंग्य कलाकारहरुबाट प्रहशन, विभिन्न जातीय भेषभुषा प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने क्लबले जनाएकाे छ । पहिलो दिन राष्ट्रिय कलाकार राजु गुरुङ, सुरेन्द्र गुरुङ, सुमीना गुरुङ,सन्तोस दवाडी लगायतले गित गाएका थिए। आजदेखि सुरु भएको मेला असोज १४ गतेसम्म सञ्चालन हुने ढकालले बताए ।







।