
गोरखा । गोरखामा हालसम्म ९५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार मङ्गलबारसम्म गोरखामा ९५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका नारायणबाबु अर्यालले जानकारी दिए ।

उनका अनुसार गोरखा नगरपालिकामा ५९, आरुघाट गाउँपालिकामा २१, पालुङटार नगरपालिकामा १३ , भिमसेन थापा गाउँपालिकामा १, गण्डकी गाउँपालिकामा १ जनामा डेंगु संक्रमण भेटिएको हो ।
डेंगु संक्रमणको दर बढेसँगै कार्यालयल लामखुट्टेको फुल पार्ने ठाउँहरु ‘खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरेको छ ।

विहिबार सूचना जारी गर्दै डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टेको वृद्धि तथा विकास सफा र स्थित पानीमा हुने भएकाले आफ्नो घर, विद्यालय, कार्यालय र टोल वरपर लामखुट्टेको फुल पार्न सक्ने सम्भावित स्थानहरु सरसफाई गर्न अनुरोध गरिएको छ ।
सोहि अभियान अनुरुप डेंगु रोग नियन्त्रणका लागि गोरखा नगरपालिका, आरुघाट गाउँपालिका लगायतका स्थानीय तहले अभियान संचालन गरिरहेको छ । टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जीउ तथा हात दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने डेंगुका लक्षण हुन । लक्षण देखिनासाथ उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने उनले बताए ।
