प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा नआएसम्म लकडाउन नखुल्ने स्पष्ट पारेका छन्।
बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइ यथावत रहने बताए।
प्रधानमन्त्री ओलीले लकडाउनलाई केही खुकुलो बनाउन सकिने संकेत गरेका थिए। लकडाउनका कारण समस्यामा परेकाहरुले घर जनाका लागि प्रशासनसँग सम्पर्क गर्ने पनि प्रधानमन्त्रीले आग्रह गरेको थिए।