• मंगलबार, असोज १३ २०८३

उदयपुरमा थप ३ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४५


बुधबार, बैशाख १० २०७७
965
Shares

उदयपुरका थप तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ।

उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाब (नमूना) को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो।

‘योसँगै अब संक्रमितको संख्या ४५ पुगेको छ,’ स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा विकास देवकाेटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

यी ३ जनामा पुष्टि भएसँगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेको छ।

देशभरका संक्रमित ४५ मध्ये ७ जना निको भई घर फर्किसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार