गोरखा । गाेरखामा संविधान दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता भएको छ ।
सोमवार लियो क्लब अफ गोरखाको आयोजनामा भएको खुल्ला दौड प्रतियोगितामा लियो प्रतिक्षालय लक्ष्मीबजार देखि पुरानो बसपार्क गोरखा सम्मको ४ किलोमीटरकाे दुरीमा दौड भएकाे हाे ।

उक्त दौड प्रतियोगितामा कुल ४४ जनाको सहभागिता रहेको लियो क्लब अफ गोरखाको अध्यक्ष बालकृष्ण परियारले बताए । दौडमा नवराज गुरुङले १८ मिनेट ५१ सेकेण्डमा ४ किलोमिटर दुरि पार गर्दै प्रथम स्थान हासिल गरेका थिए ।
त्यस्तै निरज भट्टल १९ मिनेट १३ सेकेण्डमा उक्त दुरि पार गर्दै दोस्रो स्थान हासिल गरे भने सन्दिप ढकालले १९ मिनेट ३२ सेकेण्डमा सो दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । त्यस्तै सान्त्वना हुने श्याम मग्रातिले १९ मिनेट ५३ सेकेण्डमा उक्त दुरि पार गरी सान्त्वना भएका थिए ।
बिजेताहरु प्रथम, द्धतिय, तृतिय हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई १ हजारनगद सहित मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । लियो क्लब अफ गोरखाको कोपीला गुरुङको संयोजकत्व तथा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख अतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष परियारले बताए ।

