• शुक्रबार, भाद्र २६ २०८३

कोरोना संक्रमित बोकेको बस दुर्घटना, २७ को मृत्यु


सोमबार, असोज ३ २०७९
925
Shares

चीनमा कोरोना संक्रमित बोकेको बस दुर्घटना हुँदा २७  जनाको मृत्यु भएको छ।

दक्षिण-पश्चिम प्रान्त उइजोमा बस पल्टिँदा २० जना घाइते भएको बीबीसीले जनाएको छ। दुर्घटनामा परेको बसले कोरोना संक्रमितलाई क्वारेन्टिनतर्फ लाँदै थियो।

दुर्घटनापछि चीनको कोभिडप्रति शुन्य शहनशीलताको नीतिबारे बेइजिङमा आलोचना भइरहेको छ।

उइजोमा ७ सय १२ जना सक्रिय संक्रमित छन्। चीनमा कोरोना संक्रमितमध्ये यो संख्या ७० प्रतिशत हो।  चीनको कोभिड नीतिबारे अक्टोबरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा छलफल हुने बताइएको छ।

२ करोड १० लाख जनसंख्या बसोबास गर्ने बेइजिङमा सार्वजनिक संस्था वा स्थानमा जानुपर्दा प्रत्येक तीन दिनको कोरोना रिपोर्ट लिएर जानुपर्ने नीति छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार