• शनिबार, साउन ९ २०८३

वैशाख १५ पछि लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी


मंगलबार, बैशाख ९ २०७७
960
Shares

सरकारले वैशाख १५ पछि लकडाउनको स्वरुप परिमार्जन गर्ने तयारी सुरु गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमलाई तीन वर्गमा विभाजन गरेर त्यसैअनुसार लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको हो।

सरकारले कोरोना भाइरस संक्रमण रोक्न चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको छ।

बढी संक्रमण देखिएको क्षेत्र (हट स्पट) मा अहिलेको भन्दा कडा लकडाउन गर्ने र बाँकी क्षेत्रमा लकडाउन क्रमशः खुकुलो गर्दै लैजाने योजना रहेको बताएकाे छ ।

जोखिम कम रहेको क्षेत्रमा निजी सवारी साधन, कलकारखाना र खेतीपाती गर्न दिने सरकारको तयारी रहेको स्वस्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताए।

सार्वजनिक यातायात चल्न नदिने तर मोटरसाइकल, कारलगायत व्यक्तिगत सवारी साधन चल्न दिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ। जसअनुसार मोटरसाइकलमा एक जना मात्रै र कारमा चार जना मात्रै बस्न मिल्ने गरी सञ्चालन गर्न दिइनेछ।

त्यसैगरी, सुरक्षात्मक विधि बनाएर केही औद्योगिक क्षेत्रमा कलकारखाना चल्न दिने तयारी छ। तर, कारखानाले त्यसमा काम गर्ने मजदुरको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने छ।

निश्चित भौतिक दूरी कायम राखेर कृषि क्षेत्रको कामकाज पनि अघि बढाउने तयारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार