• शुक्रबार, भाद्र २६ २०८३

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै


सोमबार, असोज ३ २०७९
1000
Shares

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश आज साँझ प्रतिस्पर्धा गर्दैछन्।

साँझ पाँच बजे दशरथ रंगशालामा हुने फाइनल भिडन्तपछि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउँदैछ। 

नेपाल चारपटक फाइनलमा पुगेर पनि उपाधिबाट बन्चित भएको थियो। बंगलादेशले पनि एकपटक फाइनलमा पुगेर उपाधि जित्न सकेको थिएन। 

पाँचपटकको च्याम्पियन भारतलाई जारी प्रतियोगितामा पराजित गरेका दुवै टिमबीचको फाइनल भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ। समूह चरणमा बंगलादेशले भारतलाई ३-० गोल र सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हराएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार