गोरखा । डम्पिङ्ग साइटसम्म पुग्ने बाटाे नबन्दा गोरखा बजारसहित नगरक्षेत्रकाे फोहाेर नउठेकाे क्लिन गोरखाले जनाएकाे छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै क्लिन गोरखाले गोरखा नगरपालिका ८ काे सिमलगैरीमा रहेकाे डम्पिङ साइटसम्म पुग्ने बाटाे बर्षातका कारण जिर्ण बन्दा फोहाेर उठाउन नसकिएकाे बताएकाे हाे ।



‘कच्ची सडक छ त्यहीमाथी भिरालो, टिप्पर र ट्रयाक्टर फसेर निस्किनै नसक्ने, डम्पीङ साइडमा गइहालेपनि फर्किनै नसक्ने, जान आउनै नसकेपछी फोहोर कसरी उठाउने ? क्लिन गोरखाका सञ्चालक दिपेन्द्र श्रेष्ठले भने ‘त्यसैले केही दिन फोहोर अझै उठ्दैन ?’
साथै उनले डम्पीङ साइड जानका लागि बाटाे स्तराेन्नती गर्न बारम्बार गोरखा नगरपालिकालाई अनुराेध गरपनि प्रकृया अघि नबढेकाे उनले दुखेसा गरे ।

बाटाे बनाउने तथा डम्पिङ साइट ब्यवस्थापनकाे काम गोरखा नगरपालिकाकाे दायित्वभित्र पर्ने सम्झाैतामा उल्लेख भएकाे बताउदै श्रेष्ठले फोहाेर ब्यवस्थापनका लागि जनशक्ति तथा सवारी साधन लगायतकाे समस्या भने नरहेकाे स्पष्ट पारेका छन् ।

बाटाे राम्राे भए दैनिक १० टिपसम्म फोहाेर उठाउन आफुहरु तयार रहेकाे जानकारी दिदै अर्का सञ्चालक अमृत भण्डारीले चाडपर्व नजिक आइसकेकाले तत्काल नगरपालिकाले बाटाे मर्मतकाे काम थाल्नुपर्ने माग गरे ।
२० जना कर्मचारी दैनिक खटाएर १, २ र १४ बाहेकका वडामा नियमित फोहाेर संकलन र ब्यवस्थापन गरिरहेकाे क्लिन गोरखामा ११ वटा वडामा गरेर ४ हजार २ सय ७ जना ग्राहक रहेपनि समयमै शुल्क नउठ्दा समस्या भएकाे समेत गुनासाे गरेकाे छ ।
साथै संस्थाले गोरखा नगरपालिका क्षेत्रभरकाे फोहाेर ब्यवस्थापनका लागि कम्तिमा ३ स्थानमा डम्पिङ्ग साइट निर्माण गर्नुपर्ने तर्क गरेकाे छ ।
