• सोमबार, साउन २५ २०८३

भाेलीदेखि सुरु हुने गोरखकाली मेलाकाे तयारी पूरा, ३५ हजारबढि दर्शकले अवलाेकन गर्ने अनुमान


सोमबार, असोज ३ २०७९
1.2K
Shares

गोरखा । भाेली मंगलबारदेखि सुरु हुने तेस्राे गोरखकाली मेलाकाे तयारी पूरा भएकाे आयाेजक हरमटारी क्लबले जनाएकाे छ ।

गोरखा सदरमुकामकाे हरमटारी स्थित खेलकुद मैदानमा आयाेजना गरिएकाे मेलाकाे तयारी करिब सकिएकाे क्लबले जनाएकाे हाे ।

‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण र प्रबद्र्धन आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ भन्ने नाराका साथ आयाेजना गरिएकाे मेलामा स्टल निर्माणदेखि बाल उधान, मञ्च निर्माण लगायतका काम सकिएकाे क्लबका महासचिव किरण ढकालले बताए ।

करिब ३५ हजार दर्शकले अवलाेकन गर्ने अनुमान गरिएकाे मेलामा १ सय २० वटा स्टल रहने र सबै स्टल बुकिङ्ग भइसकेकाे ढकालले जानकारी दिए ।

भाेली अर्थात असाेज ४ गते मंगलबारबाट सुरु हुने मेलाकाे गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य हरिराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे मेला संयाेजक आशिष श्रेष्ठले बताए ।

नेपालको इतिहासलाई संरक्षण गर्दै पुर्खाको वीरता र वीर गाथाको प्रष्फुटन गर्न र जिल्लालाई पर्यटकीय हवका रुपमा विकास गर्नमा सहयोग पु¥याउन मेला आयोजना गर्न लागिएको संयाेजक श्रेष्ठकाे भनाई छ ।

मेलामा गोरखा जिल्लाका ११ वटै स्थानीय तहसँग समन्वयमा गरी सबै जातजातिको भेषभुषा, संस्कृति तथा लोपोन्मुख जातिको कला संस्कृति प्रदर्शन गर्ने तयारीमा रहेको उनले बताए । स्थानीय तथा राष्ट्रिय स्तरका स्रष्टा तथा कलाकारहरुको प्रस्तुति पनि मेलामा रहने क्लवले जनाएको छ ।

मेलामा कृषि, शिक्षा, स्वास्थ्य लगायतका छुटाछुट्टै स्टलहरु रहने गरी ब्यवस्थापन गरिएकाे र ब्यवसायिक स्टलहरुमा स्थानीय ब्यापारीलाई प्राथमिकता दिइएकाे श्रेष्ठ बताउछन् ।

त्यससंगै मेलामा औद्योगिक प्रदर्शनी, खाना महोत्वस, कन्सर्ट कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम, हास्यब्यंग्य कलाकारहरुबाट प्रहशन, विभिन्न जातीय भेषभुषा प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने क्लबले जनाएकाे छ । मेला असाेज १४ गतेसम्म चल्ने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार