गोरखा । गोरखा सदरमुकाममा आत्माहत्या रोकथाम र न्युनिकरणका लागी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आईतवार जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाको सयुक्त आयोजनामा उक्त प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो ।
बि.पि. चोकबाट शुरु गरी, शक्ति चोक, कालीमाटी, हरमटारी चोक हुदै जिल्ला समन्वय समितिको कार्यालय गोरखामा पुगी समापन गरिएको हाे ।

र्यालीमा नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना, वडाध्यक्षहरु, आमा समूहहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्कुले बिद्यार्थी, स्काउट, विभिन्न विद्यालयका शिक्षक, संघ संस्थाका प्रतिनिधिका साथै सरोकारवाला निकायको सहभागीता रहेको थियो ।
आत्माहत्या रोकथामका बिरुद्धमा लेखिएका विभिन्न नारा जीवनलाई आत्मसाथ गर, आत्महत्या बन्द गर, समाज बलियो बनाऔ, आत्महत्या बन्द गर लेखिएका प्ले कार्डसहित र्याली
निकालिएको थियो ।