
गोरखा । वारपाक सुलीकोट ७ स्थित शैलापुत्री माध्यमिक विद्यालयमा शैक्षिक सामग्री विकास सम्वन्धि कार्यशाला सम्पन्न भएको छ ।
शनिवार जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले गाँउपालिकाको सहकार्यमा उक्त विद्यालयमा शैक्षिक सुधारको कार्यक्रमहरु संचालन गरेकाे हाे ।

कार्यशालामा विद्यालयमा अध्यापन गराउने २० जना शिक्षकहरु सहभागी भएका थिए । तालिमलाई एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटा र फिल्ड कार्यक्रम अधिकृत रज्जाक मियानले सहजीकरण गरेका थिए ।
कार्यशालामा शैक्षिक सामग्री छपाई सम्वन्धि सामग्रीहरु तथा विषयगत शैक्षिक सामाग्री, शब्द लेखनको वारेमा छलफल भएको देवकोटाले वताए । साथै प्रभावकारी बाल केन्द्रित कृयाकलापहरु सिर्जनशील लेखनका विभिन्न वाल केन्द्रित विधिहरुको वारेमा कार्यशालामा भएको आयोजकले वताएको छ ।

जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले गाँउपालिकाको सहकार्यमा उक्त विद्यालयमा शैक्षिक सुधारको कार्यक्रमहरु संचालन गरिरहेको छ । कार्यशालामा एकिकरण नेपाल गोरखाले ४० हजार वरावरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
हिजो भएको एक कार्यक्रम विच वडा नं ७ को वडाअध्यक्ष कृष्ण गुरुङले विद्यालयका शिक्षक अभिभाव संघको अध्यक्षलाई सामग्री हस्तान्तरण गरेका हुन । तालिम सामग्री निर्माणवाट विद्यालयको पठन पाठनमा साहयता पुगेको विद्यालयको प्रधानाध्यापक राम कुमार श्रेष्ठले वताए ।
कार्यक्रममा विव्यसको अध्यक्ष शिव गुरुङले वालमैत्री विद्यालयको मापदण्डलाई समेत कार्ययोजना वनाएर लागु गर्ने वताएका थिए । तालिमवाट ४० भन्दा वढि शैक्षिक सामग्रीहरु वनेको एकिकरण नेपाल गोरखाले जानकारी दिएको छ ।


