
गोरखा । एकीकृत अखिल नेपाल शिक्षक संगठनको गोरखा नगर अध्यक्षमा तेजबहादुर नेपाली सर्वसम्मत चयन भएका छन् ।

शनिबार संगठनको दोस्रो नगर अधिवेशनले नेपालीलाइ अध्यक्षतामा चयन गरेका हुन् ।
संगठनको उपाध्यक्षमा सुनील अर्याल, महिला उपाध्यक्षमा सरिता भट्ट, उपाध्यक्षमा राजकुमार राई, सचिवमा टेकबहादुर उपरकोटी र कोषाध्यक्षमा अन्जना आले चयन भएका हुन्।
त्यस्तै सदस्यहरुमा रामबहादुर अछामी, भीमनारायण श्रेष्ठ, चिरिज्जीवी रेग्मी, मानबहादुर श्रेष्ठ र राजन सिर्मल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमै विष्णुहरी वाग्ले, मिष्टर धिताल, नरोत्तम कट्टेल, कृष्ण बसेल, शंकरबाबु खत्री, सूर्यबहादुर बानियाँ, रज्मदिन मियाँ, जैबु निस्सा मिया र प्रमिला कुमाल चयन भएका छन् ।
