• सोमबार, साउन २५ २०८३

दुई विमान एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु


आइतबार, असोज २ २०७९
695
Shares

अमेरिकाको कोलोराडोमा शनिबार हावामा दुई विमान एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। 

अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटना भएका विमानमध्ये एउटामा दुई र अर्को विमानमा एकजना सवार थिए। दुवै विमानको अवशेष फरक फरक स्थानमा पाइएको थियो। 

शनिबार बिहान उक्त दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले बताएको छ। दुर्घटनामा परेका विमानहरुमा एउटा केसेना १७२ र अर्को सोनेक्स सेनोस रहको बताइएको छ। 

मृतकको पहिचान भने खुलाइएको छैन। अहिले यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार