
अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा दिनुपर्ने बताएका छन् ।

स्वविवेक प्रयोग नगर्ने अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन भन्दै उनले राजिनामा माग गरेका हुन् । ‘स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन’ उनले भनेका छन् । उनले केही समय अगाडि ‘प्रेमगीत ३’ लाई चलचित्र विकास बोर्डले गरेको सम्मान पनि देखाउने दाँत मात्र भएको आरोप लगाएका छन् ।
बोर्डले राती ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान अगाडि सारेको भन्दै खड्काले आपत्ती जनाएका छन् ।
शनिबार आयोजित एक कार्यक्रममा प्रदीपले ‘प्रेमगीत ३’ लाई लक्षित गर्दै भुवन र निर्माता संघले उक्त नियम ल्याएको आरोप समेत लगाएका हुन् ।
आफू अझै पनि १०–२० वर्ष यही क्षेत्रमा रहने बताएका प्रदीपले भुवन केसीलाई विकास बोर्डबाट फर्किनु छैन र भनेर प्रश्न समेत गरेका छन् । उनले अगाडि थपे– ‘विकास बोर्ड कसैको व्यक्तिगत जागिर खाने ठाउँ हो र रु राजा त हटाए भने विकास बोर्डको जागिर स्थायी हो र रु उहाँलाई त्यहाँबाट निस्कनु छैन र ?’


