
गोरखा । सिरानचोक गाउँपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठन गठन भएको छ ।
संगठनको शनिबारको बसेको भेलाले हास बहादुर तामाङलाई संगठनको अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै संगठनको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा इश्वर गुरुङ, उपाध्यक्षमा अन्जुला पाण्डे, सचिवमा राजेश भणडारी र अर्थ सचिव राजुबाबु कुमाललाइ चयन गरेकाे छ । सदस्यहरुमा विश्वनाथ ढकाल, दुर्गा कुमारी डाँगी, प्रकाश उपरकोटी, रामकुमार श्रेष्ठ, नारायणी ढकाल चयन भएका छन् ।
त्यस्तै विमला बास्ताकोटी, बुधमाया बराम, इन्द्रलाल देवकोटा र बलराम ढकाल, मन्जु पोखरेल, करिश्मा दवाडी, ऋषिराम मरहट्टा, किशोर पन्त, मोहमत मियाँ, खम बहादुर नेपाली सदस्यमा चयन भएका छन् । अन्य पाँच जना पहिलो वैठकबाट मनोनित गर्ने संगठनले जनाएको छ ।
निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खोप बहादुर कंडेल, गणेशराज सेडाई, नवराज पुडाशैनी, रमेश पण्डित लगायतको उपस्थिति रहेको थिया ।


