• सोमबार, साउन २५ २०८३

एएफसी यू-२० एसियन कप छनोट : नेपालले आज बंगलादेशसँग खेल्दै


आइतबार, असोज २ २०७९
800
Shares

काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट समूह बीअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दैछ ।

अरदस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

समूहमा यसअघिको तीन वटै खेलमा पराजित भएको नेपाल सान्त्वना जितसहित बहराइन यात्रा सकाउने लक्ष्यमा छ ।

पाँच टिम सहभागी समूह बीमा नेपाल अंकविहीन हुँदै पुछारमा छ । एक जित एक बराबरी र एक हारबाट ४ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ ।

नेपाल यसअघि भुटानसँग २-० ले, कतारसँग ३-१ ले र बहराइनसँग ६-० ले पराजित भएको थियो ।

उता बंगलादेशको लागि भने नेपाल विरुद्धको खेल उत्कृष्ट उपविजेता बन्दै मुख्य प्रतियोगितामा छनोट हुनका लागि महत्वपूर्ण छ । बंगलादेशले नेपाललाई हराएमा त्यो सम्भावना बाँकी रहनेछ । तर बंगलादेश दोस्रो स्थानमा पुग्नका लागि शीर्ष स्थानको कतारले दोस्रो स्थानको बहराइनलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार