• सोमबार, साउन २५ २०८३

आज जितिया पर्वको मुख्य दिन, धुमधामका साथ मनाइँदै


आइतबार, असोज २ २०७९
1.4K
Shares

आज जितिया पर्वको मुख्य दिन। मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत् सुरुवात भने हिजोदेखि भइसकेको छ।

जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत् रुपमा पर्वको समापन गरिनेछ। परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ। जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन्।

अन्य पर्वमा नुहाए पछि चोखो खाने कुरा खाने चलन रहे पनि यस पर्वमा ब्रतालु महिलाले स्नान गरी माछा र कोदोको रोटी खाएर ब्रत आरम्भ गर्छन्। शाकाहरी र एकल महिलाले भने अरुवा(अरुवाइन खाने गर्छन्।

आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईवासी मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवम् विशिष्ट पहिचान भएको पर्वका रुपमा मनाइन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार