• सोमबार, साउन २५ २०८३

भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो


शुक्रबार, भाद्र ३१ २०७९
670
Shares

भारतीय आयल निगमले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको छ। मूल्यसूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ । 

निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा घटेर आएको हो । 

भारतबाट आएको मूल्यसूचीअनुसार मूल्य घटाउने निर्णय निगमले गरेमा उपभोक्तालाई केही राहत हुनेछ । मूल्य घटाउनलाई निगम सञ्चालक समितिको बैठक बस्नुपर्ने हुन्छ । यद्यपि पछिल्लो समय निगमले मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने गरेको भनेर आलोचना समेत हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार