• सोमबार, भाद्र १ २०८३

देशभर थपिए ११० कोरोना संक्रमित


शुक्रबार, भाद्र ३१ २०७९
660
Shares

देशभर थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३८२७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

१७५२ जनाको पिसिआर परीक्षण गर्दा ६० जना र २०७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको हो। अहिले २०६२ जना सक्रिय संक्रमित छन्।

१२६ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार