• सोमबार, साउन २५ २०८३

भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु


शुक्रबार, भाद्र ३१ २०७९
1K
Shares

भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल र कच्ची घर भत्किदा १२ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्किदा ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् ।

लखनाऊको कैंट थानास्थितं दिलकुशा गार्डनजिक रहेको पर्खाल भत्किंदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ बच्चासहित ३ जना पुरुष र ३ जना महिला रहेका छन् ।

अहिले पनि उत्तर प्रदेशका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको र यो अझै केही दिन जारी रहने भारतीय मौसम विभागले जनाएको छ ।

यता, उत्तर प्रदेशको उन्नाव क्षेत्रमा पनि भारी वर्षाका कारण कच्ची घरको छत भत्किदा ३ जना बालबालिकाको मृत्यु भएको छ । स्थानीय सरकारले घटनामा मृत्यु भएकाको परिवारलाई राहत स्वरुप ४ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

भारी वर्षापछि लखनउ क्षेत्रका अधिकाशं विद्यालय बन्द गरिएको छ । उत्तर प्रदेशको अधिकांश क्षेत्रमा विद्युत आपूर्ति समेत बन्द गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार