• सोमबार, साउन २५ २०८३

कति पुग्यो दिराम र रिंगिटको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


शुक्रबार, भाद्र ३१ २०७९
740
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। 

शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२६ रुपैयाँ ८८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ४७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ २१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९० पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८५ रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३४ रुपैयाँ तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ५ पैसा र बिक्रीमा २८ रुपैयाँ १९ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४११ रुपैयाँ ७४ पैसा र बिक्रीमा ४१३ रुपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ५ पैसा तोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार