• सोमबार, साउन २५ २०८३

सन् २०२५ सम्म होन्डाले १० वटा मोडलको विद्युतीय मोटरसाइकल सार्वजनिक गर्ने


शुक्रबार, भाद्र ३१ २०७९
840
Shares

होन्डा दुई पांग्रे सवारी उत्पादन गर्ने कम्पनीमध्ये सबैभन्दा ठूलो उत्पादक कम्पनी हो। होन्डाले अहिले वार्षिक डेढ करोडदेखि दुई करोड वटासम्म मोटरसाइकल विश्वव्यापी रूपमा बिक्री गर्दैछ। 

यस्तैमा भारतीय अखबार ‘अटोविक’का अनुसार होन्डाले हालै आफूहरूले विद्युतीय मोटरसाइकल बनाउने घोषणा गरेको उल्लेख गरेको छ। कम्पनीले सन् २०२५ सम्म १० वटा वा सोभन्दा बढी मोडलको विद्युतीय मोटरसाइकलको सार्वजनिक घोषणा गरेको हो।

होन्डाले आफ्नो विद्युतीय उत्पादनको बिक्री सन् २०३० सम्म ३० लाख बढी गर्ने समेत लक्ष्य राखेको छ। 

अटोविकका अनुसार कम्पनीले एक विज्ञप्ति जारी गर्दै यी विषय खुलाएको हो। विज्ञप्तिसँगै कम्पनीले ११ नयाँ मोडलका मोटरसाइकलको तस्वीर पनि सार्वजनिक गरेको छ। 

कम्पनीले सानो आकारमा बनाउने मोडलको मोटरसाइकल दक्षिण-पूर्वी एशियाली राष्ट्रहरू, भारत र चिनियाँ बजारमा केन्द्रित गर्ने बताएको छ। 

त्यस्तै, कम्पनीले उत्पादन गर्ने ठूला आकारका मोटरसाइकलहरू सन् २०२४ र २०२५ भित्र जापान, अमेरिका र युरोपको बजारमा सार्वजनिक हुनेछ।

विद्युतीय मोटरसाइकल निर्माणमा सक्रियतासँगै होन्डाले आफ्नो इन्जिनयुक्त उत्पादनहरूलाई पनि निरन्तरता दिने विज्ञप्तिमा उल्लेख गरेको छ। कम्पनीले सन् २०४० सम्म भने आफ्ना सबै उत्पादनहरूलाई कार्बन न्युट्रल अर्थात् शून्य कार्बन उत्सर्जन बनाउने घोषणा गरेको छ।

 
 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार