• शनिबार, साउन ९ २०८३

बिरामीका मात्रै होइनन्, विपन्नका पनि भरोसा बन्दैछन् डा. सैयद


सोमबार, बैशाख ८ २०७७
1.9K
Shares

काठमाण्डाै । डाक्टर मनोरदिन सैयद देशको स्वास्थ्यमा मात्रै होइन समाजिक क्षेत्रमा पनि परिचित अनुहार हो ।

समाज सेवामा रुची राख्ने डा. सैयद लकडाउनअघिसम्म महिनैपिच्छे निशुल्क स्वास्थ्य शिविर लिएर मोफसलका गाउँगाउँ पुग्थे ।

विशेष गरेर उनको विशेषज्ञता महिला रोग हो । तर पनि उनि आफ्नो सम्पर्कमा भएका अन्य बिभिन्न बिषयका विशेषज्ञहरुलाई लिएर गाउँगाउँमा पुग्ने तिनै सैयदको दैनिकी हाल भने फेरिएको छ ।

लकडाउन सुरु भएसंगै उनि हाल विपन्न र मजदुरको भरोसा पनि बनेका छन् । स्वयम्भु स्थित मनमोहन शिक्षण अस्पतालमा कार्यरत उनि नियमित ‘डिउटु’ संगै पछिल्लो समय लकडाउनबाट पिडित बनेका विपन्नहरुको सहयोगमा समेत सक्रिय रुपमा जुटेका छन् ।

त्यति मात्रै होइन लकडाउन र कोरोना भाइरसको जोखिमका कारण अस्पताल जान नसक्नेका लागि उनले टेलिफोन र अनलाइन मार्फत पनि सुझाव दिने गरेका छन् ।

‘लकडाउन सुरु भएकै दिन मैले आफ्नो पर्सनल नम्बर सार्वजानिक गरेको हो, अहिले दिनमा २० देखि ३० जनासम्मले टेलिफोनमा सल्लाह लिनुहुन्छ’ डा सैयदले सिभिलखबरसंग भने ‘अहिले मजदुर र विपन्नहरुलाई खाध्यान्नको पनि जोहो गरिदिने गरेको छु ।’

पछिल्लो समय विपन्नलाई सहयोग गरिदिन वडा कार्यालयको समेत अनुरोध आउन थालेको उनले बताए ।

‘आज मात्रै ३५ परिवारलाई खाध्यान्न वितरण गरे, अहिलेसम्म एक सयभन्दा बढी परिवारलाई सहयोग गइसकेको छ’ उनले भने ‘अफ्टेरो परेको बेला त होनी सेवा गर्ने, सजिलोमा त किन चाहियो र ?’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार