• सोमबार, साउन २५ २०८३

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि गोरखाका २७ विद्यालय छनौट


शुक्रबार, भाद्र ३१ २०७९
895
Shares

गोरखा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि गोरखाका २७ वटा विद्यालय छनौट भएका छन् । जिल्लाको ११ वटै पालिकाबाट ती विद्यालयको शैक्षिक सुधार कार्यक्रमका लागि छनौट गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरूको नामावली सार्वजनिक भएअनुसार जिल्लाका २७ विद्यालय परेका हुन् ।

सदरमुकामस्थित गोरखा, पालुङ्टार नगरपालिका र भीमसेन थापा, गण्डकी, चुमनुब्री गाउँपालिकाबाट ३/३ वटा विद्यालय छनौट भएको छ भने शहिद लखन, बारपाक सुलिकोट, अजिरकोट आरुघाट धार्चे र सिरानचोक गाउँपालिकाबाट २ /२ वट विद्यालय छनौट भएको छ।

गोरखा नगरपालिका ६ को बालमन्दिर मावि, वडा नं। ४ को सरस्वती मावि र वडा नं १० को मनकामना बहिरा आवासीय माविमा आइसिटी निर्माणका लागि ६ लाख ५० हजार छुटाइएको छ । पालुङ्टार नगरपालिका– ७ को बालकल्याण मावि र वडा नं ८ को अकला माविमा आइसिटी निर्माणका लागि ६ लाख ५० हजार र वडा नं ७ कै ओँमकार योग आयुर्वेद गुरुकुलमा दुई कोठे भवन निर्माणका लागि २७ लाख ५० हजार रुपैया बजेट विनियोजन गरिएको छ ।

भीमसेन थापा गाउँपालिका ५ को शान्ति मावि, वडा नं। ६ को जनशक्ति आधारभूत विद्यालय, वडा नं ४ को प्रभात माविमा आइसिटी निर्माणका लागि ६ लाख ५० हजारको दरले बजेट विनियोजन गरिएको छ । गण्डकी गाउँपालिका ७ स्थित शिव आधारभूत विद्यालय र वडा नं. ६ को तोमन डाँडा माविमा आइसिटी निर्माणको लागि ६ लाख ५० हजार र वडा नं. १ स्थित विजया भवानी माविमा ४ कोठे भवन निर्माणका लागि ५५ लाख विनियोजना गरिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको सूचनामा उल्लेख छ ।

त्यस्तै, चुमनुब्री गाउँपालिका ३ को बुद्ध मावि, वडा नं. ४ को नुब्री आधारभूत विद्यालय मा आइसिटी ल्याब स्थापनाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ । शहिद लखन गाउँपालिका ६ मा रहेको हिमालय मावि, वडा नं. ८ को रामेश्वरी मावि मा आइसिटी निर्माणका लागि ६ लाख ५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

बारपाक सुलिकोट गाउँपालिका–३ को स्वाँरास्थित माझथर मावि र वडा नं. ६ डाँडागाउँ अन्तरज्योति माविमा आइसिटी निर्माणका लागि ६ लाख ५० हजार विनियोजन भएको जनाएको छ । अजिरकोट गाउँपालिका–३ मा भच्चेक आधारभूत विद्यालय र वडा नं २ अपुनमा रहेको प्रभा माविका लागि आइसिटी निर्माणका लागि ६ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

धार्चे गाउँपालिका २ को केरौजा मावि, वडा नं। ६ को मन्जुश्री मावि र वडा नं। ४ को मणिकाम देवी माविमा आइसिटी ल्याब स्थापनाका लागि ६ लाख ५० हजार विनियोजन भएको छ । आरुघाट गाउँपालिका–१० सिद्धदेवी मावि र वडा नं १ मा रहेको विष्णु आधारभूत विद्यालयमा आइसिटीका लागि ६ लाख ५० हजार रुपैया छुटाएको छ ।

सिरानचोक गाउँपालिका ६ को नामरुक देवी आधारभूत विद्यालय, वडा नं ४ को सर्वोदय आधारभूत विद्यालयमा आइसिटी निर्माणका लागि ६ लाख ५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकबाट यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९–८० मा साउनबाट नै कार्यान्वयन गर्ने गरी प्रस्ताव आव्हान गरेको थियो । 

यो कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो । सरकारले बिद्यालय तहसम्मको सबै शिक्षा निसुल्क गराएता पनि बिध्यालयहरु अझै स्रोत र साधन नभएकोले त्यस्ता बिध्यालयहरुलाई सहयोग प्रदान गरीएको बताईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार