
गोरखा । शहिद लखन गाउपालीकाले पालीका भित्रको सार्बजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुने गरी राखिएको सामग्री हटाउन अनुरोध गरेको छ ।

गाउपालीकाले आज एक सुचना जारी गर्दै भदौ २२ गतेको गाउकार्यपालिका बैठकले सडकमा खन्न तथा निर्माण सामग्री थुपार्न मनाही गरेको हो ।
सडक खन्ने, माटो थुपार्ने, निर्माण सामग्रीहरु थुपार्ने, सडक बिगार्ने वा क्षति पुर्याउने जस्ता कार्य गरेकोले गाउपालिकाले उक्त निर्णय गरेको गाउपालिका जनाएको छ ।
उक्त कार्यहरुका कारण सडक बिग्रनुका साथै सवारी तथा सर्बसाधारणलाई आवात जावातमा समेट प्रतिकुल असर परी सडक दुर्घटनाको जोखीम बढेकोको कारण गाउपालिकाले आज जारी सुचनाको ७ दिनभित्र उक्त सामग्री हटाउन अनुरोघ गरेको हो ।


